दफा ७६
विशेष सजायको आदेश उपर पुनरावेदन
(१) विभागीय सजायको आदेश दिन पाउने अधिकारीले दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) वा (२) बमोजिम दिएको विशेष सजायको आदेश उपर त्यस्तो कर्मचारीले निजामती सेवा ऐन, २०४९ को दफा ६९ को उपदफा (१) बमोजिम गठन भएको प्रशासकीय अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
(२) कुनै कर्मचारीको सम्बन्धमा यस दफा बमोजिम पुनरावेदनको अन्तिम किनारा लागेपछि त्यसको परिणाम स्वरूप निजको सेवा पुन स्थापित हुने भएमा सो निर्णयको सूचना पाएको मितिले तीन महीनाभित्र निज उपस्थित हुन नआएमा निजको नोकरी थामिनेछैन ।
(३) पुनरावेदकले चाहेमा आफै वा वारिसद्वारा तारिखमा बस्न र कानुन व्यवसायीद्वारा बहस पैरवी गराउन सक्नेछ ।