दफा ८
विशेषज्ञ समिति वा कार्यदल
(१) परियोजना लगानीको कुनै खास प्राविधिक पक्षको अध्ययन तथा विश्लेषण गरी बोर्डलाई सुझाव दिन बोर्डको स्वीकृति लिई कार्यालयले सम्बन्धित क्षेत्रका विशेषज्ञ रहेको विशेषज्ञ समिति वा कार्यदल गठन गर्न सक्नेछ ।
(२) विशेषज्ञ समिति वा कार्यदलले कार्यालयले तोकेको विषयको अध्ययन गरी तोकेको समयावधिभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ ।
(३) विशेषज्ञ समिति वा कार्यदलको काम कारबाही सम्बन्धी कार्यविधि विशेषज्ञ समिति वा कार्यदल गठन गर्दाका बखत कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ ।