नियम ४६क
विशेषज्ञ समितिको काम, कर्तव्य र अधिकार
विशेष समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट कामदारको गलत स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिएको हो वा होइन भन्ने सम्बन्धमा निर्णय गर्ने,
(ख) स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरुको सूचीकरण गर्न वा सूचीकृत स्वास्थ्य संस्थाको सूचीकरण खारेज गर्न मन्त्रालयलाई
सिफारिस गर्ने,
(ख१) नियम २८ बमोजिम आर्थिक सहायताको लागि परेका निवेदन उपर आवश्यक छानबिन गरी सिफारिस गर्ने,
(ग) वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सूचीकृत स्वास्थ्य संस्थाको काम कारबाहीको चौमासिक प्रतिवेदन तयार गरी
मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गर्ने ।