नियम २६
विशेषज्ञको राय तथा परामर्श सेवा
(१)- आयोगले कुनै उजुरी तथा घटनाको छानबिन गर्नुपर्ने विषयमा विशेषज्ञको राय तथा सेवा लिनुपर्ने भएमा व्यक्तिगत वा संस्थागत रुपमा सम्बन्धित विशेषज्ञको राय तथा सेवा लिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको विशेषज्ञको राय परामर्श लिनुपर्ने भएमा आयोगले देहाय बमोजिमको विवरण सहित विशेषज्ञको सूची तयार गर्नु पर्नेछः-

(क) नाम,

(ख) योग्यता,

(ग) व्यवसाय,

(घ) सम्बन्धित विषयको कार्य अनुभव, (ङ) विशेष दख्खल भएको क्षेत्र,

(च) अन्य सान्दर्भिक विषय ।

(३) आयोगले उपनियम (१) मा उल्लिखित कार्यको लागि बाहेक आयोगको कार्ययोजना अन्तर्गत कुनै विषयमा अध्ययन अनुसन्धान, प्रशिक्षण वा अन्य कुनै कार्य सम्पादनको लागि विशेषज्ञको सेवा आवश्यक परेमा विशेषज्ञको सेवा लिन सक्नेछ ।