दफा ८
विश्वविद्यालय सभाको गठन
(१) विश्वविद्यालयमा सर्वोच्च निकायको रूपमा एक विश्वविद्यालय सभा रहनेछ ।
(२) विश्वविद्यालय सभाको गठन देहाय बमोजिम हुनेछः–
(क) कुलपति –अध्यक्ष
(ख) सहकुलपति –उपाध्यक्ष
(ग) उपकुलपति –सदस्य
(घ) … … …
(ङ) नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, नेपालविज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति र अन्य विश्वविद्यालयका उपकुलपतिहरूमध्येबाट दुईजना –सदस्य
(च) शिक्षाध्यक्ष –सदस्य–सचिव
(छ) रजिष्ट्रार –सदस्य
(ज) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय –सदस्य
(झ) सचिव, अर्थ मन्त्रालय –सदस्य
(ञ) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा सम्बन्धी हेर्ने –सदस्य
(ट) भूतपूर्व उपकुलपतिहरूमध्येबाट एक जना –सदस्य
(ठ) अध्ययन संस्थानका डीनहरू –सदस्य
(ड) संकायका डीनहरू –सदस्य
(ढ) अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू –सदस्य
(ण) विभागका प्रमुखहरूमध्येबाट पाँच जना –सदस्य
(त) त्रिभुवन विश्वविद्यालयका नेपाल प्राध्यापक संघ क्याम्पस इकाईका अध्यक्ष र सचिवको निर्वाचक मण्डलले समानुपातिक एकल
संक्रमणीय मतको आधारमा निर्वाचित गरेका पाँचजना शिक्षकहरू –सदस्य
(त१) त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको प्रतिनिधि एकजना –सदस्य
(त२) नेपाल पब्लिक क्याम्पस संघको प्रतिनिधि एकजना –सदस्य
स्पष्टीकरणः यस खण्ड बमोजिम सदस्यको निर्वाचनमा उम्मेदवार हुन चाहने शिक्षक कम्तीमा पन्ध्र वर्ष विश्वविद्यालयको स्थायी सेवामा कार्यरत भएको हुनु पर्दछ ।
(थ) आङ्गिक क्याम्पस (आङ्गिक महाविद्यालय) का क्याम्पस (महाविद्यालय) प्रमुखहरू मध्येबाट दुई जना –सदस्य
(द) सम्बन्धन प्राप्त क्याम्पस (सम्बन्धन प्राप्त महाविद्यालय) का क्याम्पस (महाविद्यालय) प्रमुखहरू मध्येबाट दुई जना –सदस्य
(ध) नेपाल प्राध्यापक संघका प्रतिनिधि एक जना –सदस्य
(न) ख्याति प्राप्त विद्वान वा प्रतिष्ठित व्यक्तिहरू मध्येबाट दुई जना –सदस्य
(प) विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरू मध्येबाट दुई जना –सदस्य
(फ) पत्रकारहरू मध्येबाट एक जना –सदस्य
(ब) विश्वविद्यालय कर्मचारी संघका केन्द्रीय समितिका प्रतिनिधि एक जना –सदस्य
(भ) उद्योगपति, व्यापारी तथा चन्दादाताहरू मध्येबाट दुई जना –सदस्य
(३) निर्वाचित तथा पदेन सदस्यहरू वाहेक सभाका अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषद्को सिफारिशमा कुलपतिबाट हुनेछ ।
(४) मनोनीत तथा निर्वाचित सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।तर मनोनीत सदस्य जुन पदको नाताले मनोनीत भएको हो सो पदमा कायम नरहेमा स्वतः सभाको सदस्य रहने छैन ।