दफा ३२
विश्वविद्यालयको कोष
(१) विश्वविद्यालयको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) सम्बन्धित प्रदेश सरकारबाट प्राप्त रकम,
(ग) स्थानीय तहबाट प्राप्त रकम,
(घ) कुनै व्यक्ति वा संस्थाले आर्थिक सहायता स्वरूप प्रदान गरेको रकम,
(ङ) उद्योग, व्यापार व्यवसायसँग सम्वद्ध व्यक्ति वा संस्थाबाट सहयोग वा अनुदान स्वरूप प्राप्त रकम,
(च) अन्तर्राष्ट्रिय सङ्घ, संस्था, विदेशी व्यक्ति, सरकार, एजेन्सी वा वित्तीय संस्थाबाट सहयोग वा ऋण स्वरूप प्राप्त रकम,
(छ) शुल्क तथा अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (च) बमोजिम विश्वविद्यालयले कुनै रकम प्राप्त गर्दा नेपाल सरकारको अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्नेछ ।
(३) विश्वविद्यालयको कोषको रकम कार्यकारी परिषद्ले तोकेको कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(४) विश्वविद्यालयको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
(५) विश्वविद्यालयको सबै खर्चहरू सभाबाट स्वीकृत भए अनुसार उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।