दफा ३
विश्वविद्यालयको स्थापना
(१) कला, विज्ञान, चिकित्साशास्त्र, कानून, व्यवस्थापन, शिक्षा, प्राविधिक तथा अन्य व्यावसायिक विषयमा अध्ययन, अध्यापन र अनुसन्धान गर्ने काम समेतको लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गरिएको छ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल सरकारबाट अनुदान प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालित सुर्खेत क्याम्पस (शिक्षा), सुर्खेत, सम्बन्धन प्राप्त वीरेन्द्रनगर बहुमुखी क्याम्पस, सुर्खेत र पब्लिक साइन्स क्याम्पस, सुर्खेतलाई संयुक्त रूपमा समावेश गरी सुर्खेत क्याम्पस परिसरमा यो विश्वविद्यालयको स्थापना गरिनेछ ।