दफा
विश्वविद्यालयको स्थापना
(१) कला, विज्ञान, चिकित्साशास्त्र, कृषि, वन, पर्यटन, आयुर्वेद, कानून, व्यवस्थापन, शिक्षा, प्राच्य दर्शन, प्राविधिक, व्यावसायिक तथा अन्य विषयमा अध्ययन, अध्यापन र अनुसन्धान गर्ने काम समेतको लागि राजर्षिजनक विश्वविद्यालय स्थापना गरिएको छ ।
(२) विश्वविद्यालयको केन्द्रीय कार्यालय धनुषा जिल्लामा रहनेछ ।
(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुर नगरपालिकामा सञ्चालित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुरधामलाई विश्वविद्यालयको आधार क्याम्पसको रूपमा सञ्चालन गरिनेछ ।