दफा १९
विश्वविद्यालयसँग सम्बन्धन गर्न सक्ने
(१) विश्वविद्यालयले आफ्नो सङ्काय भएको विषयमा अध्यापन गराउन चाहने निजी क्षेत्रका क्याम्पसलाई तोकिए बमोजिम सम्बन्धन प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्बन्धन प्राप्त क्याम्पसले विश्वविद्यालयद्वारा तोकिएको शर्तहरूको पालना गर्नु पर्नेछ ।