दफा १७
विश्वविद्यालयसँग सम्बन्धन गर्न सक्ने
(१) कुनै स्वदेशी वा विदेशी क्याम्पसले विश्वविद्यालयस“ग सम्बन्धन गरी सञ्चालन गर्न चाहेमा विश्वविद्यालयले त्यस्तो क्याम्पसलाई सम्बन्धन प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्बन्धन प्राप्त क्याम्पसले विश्वविद्यालयले तोकेको सम्बन्धन शुल्क प्रत्येक वर्ष विश्वविद्यालयलाई बुझाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम सम्बन्धन प्राप्त क्याम्पसले विश्वविद्यालयले तोकेका शर्तहरु पालन गर्नु पर्नेछ ।