दफा २३
विषयगत समितिको काम, कर्तव्य र अधिकार
: विषयगत समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) आफ्नो विषयसँग सम्बन्धित क्षेत्रका योजना, नीति तथा कानूनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग परामर्श गर्ने,
(ख) क्षेत्रगत योजना, नीति तथा कार्यक्रममा एकरुपता, निरन्तरता एवं गुणस्तरीयता कायम गर्न तथा कानून, योजना, नीति तथा रणनीतिहरुको कार्यान्वयनमा प्रभावकारिता ल्याउन आवश्यक समन्वय गर्ने,
(ग) आफ्नो विषयसँग सम्बन्धित क्षेत्रका राष्ट्रिय नीति तर्जुमाको लागि परिषद्लाई सुझाव दिने,
(घ) परिषद्को निर्णय एवं निर्देशन कार्यान्वयन गर्ने, गराउने,
(ङ) परिषद्ले तोकेका अन्य कार्य गर्ने।