दफा २२
विषयगत समिति
: (१) संघ र प्रदेशका सम्बन्धित विषयको कार्यक्षेत्र रहेको मन्त्रालय तथा स्थानीय तहबीचमा समन्वय कायम गरी नीति तथा योजना कार्यान्वयन र विकास निर्माण लगायतका काममा प्रभावकारिता ल्याउन देहाय बमोजिमका विषयगत समिति रहनेछन्‌ः-
(क) नेपाल सरकारको सम्बन्धित विषयको कार्यक्षेत्र रहेको मन्त्री - अध्यक्ष
(ख) प्रदेश सरकारका सम्बन्धित विषयको कार्यक्षेत्र रहेका मन्त्री - सदस्य
(ग) अध्यक्षले तोकेको स्थानीय तहको एकजना प्रमुख वा अध्यक्ष - सदस्य
(२) विषयगत समितिको बैठक कम्तीमा वर्षको एक पटक बस्नेछ।
(३) विषयगत समितिको बैठकको मिति, समय, स्थान तथा छलफलको सूची सो
समितिको अध्यक्षले तोके बमोजिम हुनेछ।
(४) विषयगत समितिको बैठक बस्नको लागि सो समितिको अध्यक्ष सहित
बहुमत सदस्यहरुको उपस्थिति हुनु पर्नेछ।
(५) विषयगत समितिको बैठकको अध्यक्षता सो समितिको अध्यक्षले गर्नेछ।
(६) विषयगत समितिले आवश्यकता अनुसार विषय विज्ञ एवं सरोकारवाला
निकायको प्रतिनिधिलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(७) विषयगत समितिको सचिवालय नेपाल सरकारको सम्बन्धित मन्त्रालयमा
रहनेछ।
(८) अध्यक्षले तोकेको सम्बन्धित मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणी वा सो
सरहको कर्मचारीले विषयगत समितिको संचिवको रुपमा काम गर्नेछ।
(९) विषयगत समितिको बैठक तथा निर्णय सम्बन्धी अन्य कार्यविधि सो समिति
आफैंले निर्धारण गरे बमोजिम हुनेछ।