दफा २९
विषादी विसर्जन गर्ने
(१) जीवनाशक विषादीको विसर्जन गर्दा मानव, पशुपन्छी, जलचर, बोट बिरुवाको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी गर्नु पर्नेछ।
(२) जीवनाशक विषादी, विषादीजन्य फोहोर तथा सोको कन्टेनर नष्ट गर्नु पर्दा सो वस्तुको प्रकृतिका आधारमा छुट्टाछुट्टै विसर्जन गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम जीवनाशक विषादीको नष्ट गर्ने तरिका र मापदण्ड समितिले तोके बमोजिम हुनेछ।