नियम
विषादीको पञ्जीकरण खारेज वा निलम्वन गर्न सक्ने

६. विषादीको पञ्जीकरण खारेज वा निलम्वन गर्न सक्ने

समितिको दृष्टिकोणमा नियम ४ बमोजिम पञ्जीकरण भएको विषादीको निरन्तर प्रयोग अप्रभावकारी ठहरिएमा वा त्यस्तो विषादीको  वातावरणमा प्रतिकूल असर पर्ने सम्भावना भएमा समितिले जुनसुकै समयमा पनि त्यस्तो विषादीको पञ्जीकरण खारेज गर्न वा कुनै खास समयसम्मको लागि निलम्वन गर्न सक्नेछ । त्यसरी खारेज वा निलम्वन गरिएको कुराको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।