नियम १५
विषालु पदार्थ फ्याँक्न नपाइने
आरक्षभित्र वा आरक्षभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमको कीटनाशक विष वा रासायनिक पदार्थ वा लागू वा विषालु पदार्थ फ्यांक्न वा आरक्षभित्र भएर बग्ने नदी, खोला वा पानीको अन्य कुनै श्रोतमा हाल्न वा छर्न वा आरक्षभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न समेत हुँदैन ।