दफा ३
वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापना
(१) नेपालमा क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धानको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रला आत्मनिर्भर बनाई क्यान्सर रोगको रोकथाम, सो रोगबाट ग्रसित व्यक्तिहरूको रोगको निदान र उपचारको लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी
उनीहरूलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन एक राष्ट्रिय प्रेषण अस्पतालको रूपमा एउटा वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिएको छ ।
(२) अस्पताल चितवन जिल्लाको भरतपुरमा स्थापना गरिनेछ र आवश्यकता अनुसार अन्य जिल्लामा पनि यस अस्पतालको शाखा इकाई स्थापना गर्न सकिनेछ ।