दफा २८
वेयर हाउसले गर्न सक्ने कारोबार
(१) वेयर हाउसले देहायका कारोबार गर्न सक्नेछः—
(क) वस्तु विनिमय बजारमा हुने कारोबारसँग सम्बन्धित वस्तुको भण्डारण गर्ने वा तत्सम्बन्धी निस्सा जारी गर्ने,
(ख) खण्ड (क) बमोजिम भण्डारण भएका वस्तुको संरक्षण तथा त्यस्तो वस्तुको कारोबार पश्चात हस्तान्तरण गर्ने ।
(२) वेयर हाउसको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।