दफा ३३
वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग तथा सञ्चालन
: (१) वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग देहायको प्रयोजनका लागि गरिनेछ :
(क) वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्न,
(ख) कामदारको अङ्गभङ्ग भई वा दफा ७५ को कारणबाट कामदारलाई स्वदेश फिर्ता गराउन, क्षतिपूर्ति दिन र त्यसरी फिर्ता आएका कामदार वा निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न,
(ख१) वैदेशिक रोजगारको लागि विदेश गएको अवस्थामा गम्भीर प्रकृतिको फौजदारी कसूरको अभियोग लागेका कसूरदारको प्रतिरक्षा तथा बहस पैरवी गर्न,
(ख२)वैदेशिक रोजगारबाट जाने कामदारको अधिकार र सम्भावित जोखिमका बारेमा प्रचार प्रसार गर्न,
(ग) वैदेशिक रोजगारबाट फर्केका कामदारको लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न,
(घ) वैदेशिक रोजगारका लागि विदेश गएको अवस्थामा कामदारको मृत्यु भै शव अलपत्र परी नेपाल ल्याउन र निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न,
(ङ) वैदेशिक रोजगार प्रवद्र्धन सम्बन्धी कार्य गर्न,
(च) तोकिए बमोजिमको अन्य कार्य गर्न ।
(२) वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।