दफा ६४
वैदेशिक रोजगार न्यायाधिकरण सम्बन्धी व्यवस्था
: (१) यस ऐनमा विभागबाट सजाय हुने भनी लेखिएको बाहेक अन्य मुद्दाको शुरु कारबाही र किनारा गर्नको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पुनरावेदन अदालतको न्यायाधीशको अध्यक्षतामा श्रम अदालतको मुद्दा हेर्ने अधिकारी र न्याय सेवा आयोगले सिफारिस गरेको न्याय सेवाको प्रथम श्रेणीको अधिकृत सदस्य रहेको
तीन सदस्यीय वैदेशिक रोजगार न्यायाधिकरणको गठन गर्नेछ ।
(२) वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष र सदस्यको पदावधि चारवर्षको हुनेछ ।
(३) वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष र सदस्यको सेवाका शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।
(४) वैदेशिक रोजगार न्यायाधिकरणले आफ्नो अधिकार क्षेत्रको प्रयोग तोकिए बमोजिम गर्नेछ ।
(५) यस दफा बमोजिमको न्यायाधिकरण गठन नभएसम्म यस ऐन बमोजिम वैदेशिक रोजगार न्यायाधिकरणबाट हुने काम कारबाही सम्बन्धित जिल्ला अदालतबाट हुनेछ ।
(६) वैदेशिक रोजगार न्यायाधीकरणको लागि आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ ।