दफा २०
वैदेशिक रोजगारमा पठाउने
: इजाजतपत्रवालाले सम्बन्धित मुलुकमा प्रवेश गर्ने अवधि किटान भएकोमा सो अवधिभित्र र अवधि किटान नभएकोमा “श्रम स्विकृति लिएको मितिले” तीन महिनाभित्र सम्बन्धित कामदारलाई वैदेशिक रोजगारमा पठाउनुपर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र कामदारलाई वैदेशिक रोजगारमा पठाउन नसकेमा सम्बन्धित इजाजतपत्रवालाले सम्बन्धित कामदारबाट बुझिलिएको रकम र सो रकममा “वार्षिक पच्चीस प्रतिशत रकम थप गरी” समेत जोडी तीस दिनभित्र फिर्ता गर्नु पर्नेछ ।
(३) कुनै कामदारले प्रवेशाज्ञा प्राप्त भइसकेपछि वैदेशिक रोजगारमा जान इन्कार गरेमा वा असमर्थ भएमा इजाजतपत्रवालाले कामदारलाई रकम फिर्ता गर्दा प्रवेशाज्ञाशुल्क मात्र कट्टा गरी बाँकी हुन आउने रकम फिर्ता गर्नु पर्नेछ ।
तर पूर्वस्वीकृति लिई विज्ञापन गरेभन्दा फरक शर्तको कारणले कामदारले जान इन्कार गरेको अवस्थामा प्रवेशाज्ञाशुल्क कट्टा गर्न पाइने छैन ।