नियम २५
व्यक्तिगत आचरण<br>
(१) निजामती कर्मचारीले आफु भन्दा माथिका कर्मचारी प्रति उचित आदरभाव देखाउनु पर्दछ र आफु भन्दा मुनिका कर्मचारीप्रति उचित व्यवहार गर्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रुपमा जाँड रक्सी सेवन गर्ने वा अन्य यस्तै समाजमा निन्दनिय हुने कार्य गर्न वा त्यस्तो व्यवहार प्रदर्शन गर्न हुंदैन ।
(३) निजामती कर्मचारीले नेपाल सरकार र निजामती सेवा प्रति जनविश्वास अभिवृद्धि गर्न सदैव प्रयत्नशील रहनु पर्नेछ ।