नियम ११
व्यवसायिक तालिमको विषयवस्तु र तालीम दिने संस्था
(१) व्यवसायिक खेती तथा पशुपंक्षी पालन, कृषि तथा वनजन्य उद्योग वा सेवामूलक प्रकारका स्वरोजगार व्यवसाय तालिमका विषयवस्तु हुनेछन् ।
(२) उपनियम (१) मा उल्लिखित विषयमा तालिम सञ्चालन गरिरहेका सरकारी निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुको पूर्वसूची तयार गरिनेछ ।
(३) उपनियम (२) बमोजिमका संस्था छनौट गर्दा सकेसम्म स्थानीय स्तरमा निशुल्क रुपमा तालिम सञ्चालन गरिरहेका र गर्न चाहनेसंस्थालाई विशेष प्राथमिकता दिइनेछ ।
(४) तालिम दिने निकायलाई औचित्यताको आधारमा कोषले तालिम सामग्री र अनुदान वस्तुगत सहायता आवश्यकतानुसार उपलब्ध गराउन सक्नेछ ।
(५) उपनियम (३) बमोजिम छनौट भएका तालिम दिने निकायले वेरोजगारहरुलाई उपनियम (१) बमोजिमको विषयवस्तुमा व्यवहारिक किसिमको अल्पकालिन तालिम दिनु पर्नेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि वेरोजगार ऋणीको लागि आवश्यक परियोजना विकास (प्रोजेक्ट डेभलप्मेण्ट) गर्ने सम्बन्धी अभिमूखिकरण तालिम सम्बन्धित व्यक्तिलाई दिनु सम्बन्धित वित्तिय संस्थाको कर्तव्य हुनेछ ।