दफा ११८
व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यको सेवा शर्त
: (१) व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य पूरा समय काम गर्ने पदाधिकारी हुनेछन् ।
(२) व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(३) व्यवस्थापन समितिको अध्यक्ष र सदस्यले आफ्नो पदीय कर्तव्य पालनाको सिलसिलामा थाहा पाएको कुनै पनि सूचना वा जानकारी अनधिकृत व्यक्तिलाई दिनु हुँदैन ।