नियम १५
व्यवस्थापन समितिको गठन
: (१) मन्त्रालयले ऐन बमोजिम स्थापित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको संचालन गर्नको निमित्त उपलब्ध भएसम्म स्थानीय सामाजिक कार्यकर्ता, महिला सामाजिक कार्यकर्ता, चिकित्सकहरु, बाल मनोवैज्ञानिक र शिक्षकहरु मध्येबाट समेत सदस्य रहने गरी बढीमा सात जना सदस्यहरु भएको एक व्यवस्थापन समिति गठन गर्नेछ ।
(२) व्यवस्थापन समितिमा रहने अध्यक्ष, सदस्य तथा सचिवको नाम तथा निजहरुको पदावधि मन्त्रालयले उक्त समिति गठन गर्दाको अवस्थामा तोके बमोजिम हुनेछ ।