नियम ११३
व्यवस्थापिका–संसद सेवा पुरस्कार
(१) प्रत्येक आर्थिक वर्षमा समितिले कर्मचारीलाई निजले गरेको उत्कृष्ट कार्यको लागि उपनियम (२) बमोजिमको समितिको सिफारिसमा प्रमाणपत्र सहित देहाय बमोजिम पुरस्कार दिन सक्नेछः– पुरस्कारको नाम रकम रु. संख्या
(क) सर्वोत्कृष्ट व्यवस्थापिका–संस  सेवा पुरस्कार १,००,०००/– एक जनालाई
(ख) उत्कृष्ट व्यवस्थापिका–संसद सेवा पुरस्कार ७५,०००/– एक जनालाई
(ग) व्यवस्थापिका–संसद सेवा पुरस्कार ५०,०००/– दुई जनालाई
(२) उपनियम (१) बमोजिमको पुरस्कार सिफारिस गर्न देहाय बमोजिमको समिति रहनेछ ः-
(क) महासचिव — अध्यक्ष
(ख) सचिव — सदस्य
(ग) सचिवालय सचिव — सदस्य
(३) उपनियम (१) बमोजिमको पुरस्कार प्रदान गर्नका लागि उपनियम (२) बमोजिमको समितिले देहायको आधारमा कर्मचारीको छनौट गरी सिफारिस गर्नेछ :—
(क) कार्यसम्पादन मूल्याङ्कन,
(ख) जेष्ठता,
(ग) अनुशासन, लगनशीलता, कर्तव्यनिष्ठता र व्यवसायिक दक्षता ।
(४) उपनियम (२) बमोजिका कुनै पदाधिकारीको पद रिक्त रहेको अवस्थामा बाँकी पदाधिकारीले पुरस्कारको सिफारिस गर्न बाधा पर्ने छैन ।
(५) उपनियम (१) बमोजिमको पुरस्कारको साथमा दिइने प्रमाणपत्रको नमूना अनुसूची–१४ मा उल्लेख भए बमोजिम हुनेछ ।