दफा ५७
व्यापारिक उद्देश्यले माल सामान खरिद गर्न नहुने
: सहकारी बैङ्कले यस ऐन बमोजिम गर्न पाउने काम कारबाही र आफ्नो प्रयोगको लागि आवश्यक पर्ने मालसामान वा अचल सम्पत्ति तथा दफा ७९ को उपदफा (६) को अवस्थामा बाहेक व्यापार गर्ने उद्देश्यले मालसामान वा अचल सम्पत्ति खरिद गर्न हुँदैन ।