नियम ६
शाखा उद्योग स्थापना गर्न सक्ने
विदेशमा संस्थापना भएको कुनै उद्योगले ऐनको दफा ८ बमोजिम नेपालमा आफ्नो शाखा उद्योग स्थापना वा विस्तार गर्न चाहेमा ऐन र यस नियमावली बमोजिम विदेशी लगानी स्वीकृत गराई प्रचलित कानून बमोजिम उद्योग दर्ता गरी शाखा उचोग स्थापना वा विस्तार गर्न सक्नेछ ।