दफा १४
शिकार बन्द समय
: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा सोही सूचनामा तोकिएको अवधिसम्मको लागि शिकार बन्द समय तोक्न सक्नेछ ।

१५,नमूना सड्डलन गर्न इजाजतपत्र लिनु पर्ने : (१) इजाजतपत्र प्राप्त नगरी कुनै पनि व्यक्तिले ग्िराष्ट्रिय निकुञ्ज आरक्ष वा अन्य वन्यजन्तु वासस्थानबाटै वैज्ञानिक अनुसन्धानको लागि नमूना सद्लन गर्न पाउने छैन ।

(२) उपदफा (१) बमोजिमको इजाजतपत्र लिन चाहने व्यक्तिले तोकिएको अधिकारी समक्ष तोकिएको ढा“चाको दरखास्त दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको दरखास्त पर्न आएमा तोकिएको अधिकारीले तोकिए बमोजिमको दस्तुर अनुसूची--१ मा उल्लेखित वन्यजन्तु बाहेक जुनसुकै वन्यजन्तुको शिकार गर्न वा कुनै कीट, किटाणु, माछा वा कुनै प्राकृतिक उपज जम्मा गर्न तोकिएको शर्तहरु पालन गर्ने गरी इजाजतपत्र दिन सक्नेछ ।