नियम १५
शिक्षा तथा तालीमको व्यवस्था

(१) कुनै गैर सरकारी वा निजीस्तरमा सञ्चालित संस्थाले अपा·लाई शिक्षा एवं तालीमको व्यवस्था गर्ने भएमा मन्त्रालयले त्यस्तो
संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ ।
(२) मन्त्रालयले अपा·का बढीमा दुई जना सन्ततिलाई कुनै निश्चित स्तर सम्मको निशुल्क शिक्षाको व्यवस्था गर्नेछ ।
(३)मन्त्रालयले अपा·ताको प्रकुृति र प्रकार अनुसार त्यस्ता अपा·हरुलाई शिक्षा दिनको लागि नेपाल …………… भित्र आवश्यक संख्यामा विशेष शिक्षा दिने विद्यालयको स्थापना र सञ्चालन गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम स्थापना भएका विद्यालयको सञ्चालन र त्यस्तो विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था शिक्षा नियमावली, २०४९ मा उल्लेख भए बमोजिम हुनेछ ।
(५) नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेको कुनै संगठित संस्थाले प्रदान गर्ने प्राविधिक तथा व्यावसायिक तालीम अपा·हरुको निमित्त उपयोगी हुने भएमा त्यस्तो तालीममा उनीहरुको लागि पा“च प्रतिशत स्थान सुरक्षित गरिनेछ र यस किसिमको तालीममा अपा·हरुसंग कुनै किसिमको शुल्क लिइने छैन ।