नियम ६८
शिशु विकास केन्द्र स्थापना गर्न चाहिने पूर्वाधार
शिशु विकास केन्द्र स्थापना गर्नको लागि देहायका पूर्वाधार पूरा गरेको हुनु पर्नेछः–
(क) फराकिलो, खुला, शान्त, सुरक्षित भवन भएको,
(ख) भवन बाहेक आधा रोपनी वा एक कठ्ठा जग्गा भएको,
(ग) बाल उद्यानको व्यवस्था भएको,
(घ) सफा र स्वच्छ खानेपानी र शौचालयको व्यवस्था भएको,
(ङ) कम्तीमा दुईजना सुसारेहरु भएको ।