दफा ५७
शेयर पुँजी घटाउने
: (१) कम्पनीले आफ्नो शेयर पुँजी घटाउन चाहेमा सो विषयमा साधारण
सभामा विशेष प्रस्ताव पारित गरी अदालतको स्वीकृति लिई सो बमोजिम प्रबन्धपत्र र
नियमावलीमा आवश्यक हेरफेर वा संशोधन गरी शेयर पुँजी घटाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अदालतको स्वीकृति प्राप्त गरेपछि कम्पनीले देहाय बमोजिम
हुने गरी शेयर पुँजी घटाउन सक्नेछ ः-
(क) किस्ता माग गरेको शेयरको रकम चुक्ता नभएकोमा जति चुक्ता भएको छ
त्यतिमात्र पुँजी कायम गरी,
(ख) चुक्ता भईसकेको पुँजी फिर्ता गरी,
(ग) कम्पनीलाई ठूलो नोक्सानी परेमा वा दैवी प्रकोप परेमा शेयरको अङ्कित मूल्य
घटाई ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम
दामासाहीमा परिसकेको कम्पनीले यस दफा बमोजिम आफ्नोपुँजी घटाउन सक्ने छैन ।