दफा ३१
शेयरको विवरण कार्यालयमा पठाउने
: (१) कम्पनीले निष्काशन तथा बाँडफाँड भएको शेयरको
कित्ता, त्यसको जम्मा रकम, सो शेयर लिनेको नाम, ठेगाना र शेयरपिच्छे असुल भएको र असुल
हुन बाँकी रकमको हिसाब शेयर बाँडफाँड भएको तीस दिनभित्र कार्यालयमा पठाउनु पर्नेछ ।
(२) शेयर बाँडफाँडहुँदा कुनै शेयरको मूल्य नगद बाहेक अन्य तवरबाट पूर्ण वा आंशिक
रुपमा भुक्तानी गरिएको भएमा शेयर बाँडफाँडबाट सो शेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई शेयर
बिक्री वा सेवाको करार वा अन्य के कस्तो के प्रतिफल बापत शेयर बाँडफाँड भएको हो सो
सम्बन्धी लिखत र बाँडफाँड गरिएको शेयर सङ्ख्या तथा त्यस्तो शेयरको अङ्कित मूल्य र कति
हदसम्म शेयरको मूल्य चुक्ता भएको मानिने हो सोको विवरण समेत कम्पनीले कार्यालयमा
पठाउनु पर्नेछ ।