दफा २१
शेयरधनी तथा स्वामित्व सम्बन्धी व्यवस्था
(१) कुनै एक वस्तु कारोबार व्यवसायीको शेयरधनी वा निजको एकासगोलको परिवारको सदस्यले अर्को वस्तु कारोबार व्यवसायीको शेयर लिन पाउने छैन ।
(२) वस्तु कारोबार व्यवसायीको शेयर वा त्यसको स्वामित्व, बिक्री वा हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।