दफा ५५
शेयरधनीको दाबी
: दामासाहीमा परेको कम्पनीको शेयरधनीसमेत रहेको कुनै साहूले
कम्पनीउपर दाबी गरेमा कम्पनीको शेयरबापत चुक्ता गर्नु पर्ने किस्ता रकम निजले भुक्तानी नगरेको भए उक्त रकम भुक्तानी गर्न पर्ने अवस्था भइसकेको वा भुक्तानी गर्नु पर्ने अवस्था आउन सक्ने भएमा यसरी भुक्तानी गर्नु पर्ने सम्भावित रकमसम्मको निजको दाबी स्वीकार हुने छैन ।