नियम ७४क
शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) शैक्षिक जनशक्ति विकास परिषद्मा छलफल हुने विषयहरु तयार गर्न लगाई सो परिषद्को बैठकमा पेश गर्ने,
(ख) शैक्षिक जनशक्ति विकास परिषद्बाट भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने,
(ग) शैक्षिक जनशक्ति विकास केन्द्रबाट सम्पादन हुने कामको निरीक्षण, अनुगमन समन्वय वा मूल्याड्ढन गर्ने, गराउने,
(घ) प्रशिक्षण सम्बन्धी शैक्षिक अनुसन्धान कार्य सञ्चालन गर्ने,
(ङ) शैक्षिक जनशक्ति विकास सम्बन्धी तालीम सूचना प्रणाली अद्यावधिक गराई राख्ने,
(च) शैक्षिक जनशक्ति विकास केन्द्रको प्रमुखको हैसियतले गर्नु पर्ने अन्य काम गर्ने,
(छ) मन्त्रालयले तोके बमोजिमको अन्य काम गर्ने, गराउने ।