नियम ७३
शैक्षिक जनशक्ति विकास परिषद्को काम, कर्तव्य र अधिकार
शैक्षिक जनशक्ति विकास परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा सम्बन्धी समुदायमा कार्यरत व्यक्तिको कार्यदक्षता अभिवृद्धि गर्न शैक्षिक जनशक्ति विकास सम्बन्धी नीति निर्धारण गर्ने,
(ख) शैक्षिक जनशक्ति विकास सम्बन्धमा लागू गरिने पाठ्यक्रम तर्जुमा गर्ने,
(ग) शैक्षिक जनशक्ति विकास सम्बन्धमा विभिन्न संस्थाबाट दिइने तालीमको मान्यता तथा समकक्षता निर्धारण गर्ने,
(घ) शैक्षिक जनशक्ति विकास सम्बन्धी योजना तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने,
(ङ) शैक्षिक जनशक्ति विकास सम्बन्धमा तालीम तथा प्रशिक्षण दिने स्वदेशी तथा विदेशी संस्थाहरुसँग समन्वय गरी आवश्यक कार्य गर्ने,
(च) पूर्वसेवाकालीन शिक्षक तालीम कार्यक्रम सञ्चालन गर्ने संस्थालाई स्वीकृति प्रदान गर्ने,
(छ) शैक्षिक जनशक्ति विकास सम्बन्धी कार्य गर्न आवश्यकतानुसार उपसमिति गठन गर्ने ।