नियम ७२
शैक्षिक जनशक्ति विकास परिषद्
(१) शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा सम्बन्धी समुदायमा संलग्न व्यक्तिको कार्यदक्षता अभिवृद्धि गर्न तथा शैक्षिक विकास सम्बन्धी नीति निर्माण, व्यवस्थापन गर्ने काम समेतको लागि देहायका सदस्यहरु रहेको एक शैक्षिक जनशक्ति विकास परिषद् रहनेछः–
(क) शिक्षा मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) मन्त्रालयको सचिव – सदस्य
(ग) उपाध्यक्ष, उच्च माध्यमिक शिक्षा परिषद् – सदस्य
(घ) डीन, शिक्षा शास्त्र संकाय, त्रिभुवन विश्वविद्यालय – सदस्य
(ङ) कार्यकारी निर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान – सदस्य
(च) मन्त्रालयको तोकेको सो मन्त्रालयको सहसचिव – सदस्य
(छ) राष्ट्रिय योजना आयोगको शैक्षिक जनशक्ति सम्बन्धी काम हेर्ने सहसचिव – सदस्य
(ज) महानिर्देशक, शिक्षा विभाग – सदस्य
(झ) महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र – सदस्य
(ञ) ……………
(ट) शिक्षक तथा मन्त्रालय अन्तर्गतका कर्मचारीलाई तालीम दिने विशेषज्ञहरु मध्येबाट मन्त्रालयले मनोनीत गरेको दुईजना – सदस्य
(ठ) शिक्षक तालीम सम्बन्धी केन्द्रका प्रमुखहरु मध्ये मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(ड) निजीस्तरमा सञ्चालित शिक्षक तालीम सम्बन्धी केन्द्रका प्रमुखहरु मध्ये मन्त्रालयले मनोनीत गरेको दुईजना – सदस्य
(ढ) प्रतिनिधि, शिक्षक युनियन – सदस्य
(ण) कार्यकारी निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(३) शैक्षिक जनशक्ति विकास परिषद्को सचिवालयको काम शैक्षिक जनशक्ति विकास केन्द्रले गर्नेछ ।
(४) शैक्षिक जनशक्ति विकास परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।