नियम ७०
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणीकरण गर्नु पर्ने
(१) व्यवस्थापिका–संसद सेवामा स्थायी नियुक्ति भई सेवा प्रवेश गर्ने कर्मचारीले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणीकरणको लागि सचिवालयमा हाजिर भएको मितिले पैंतीस दिनभित्र आपूmले प्राप्त गरेको शैक्षिक योग्यताको लव्धाङ्क पत्र र प्रमाणपत्रको दुई प्रति प्रतिलिपि सम्बन्धित कर्मचारी आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।
(२) कुनै कर्मचारीले सेवा प्रवेश गरिसकेपछि वा बढुवाको लागि थप शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरी पेश गरेको भएमा समेत उपनियम (१) बमोजिम नै गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्रमाणपत्र प्राप्त भए पछि सचिवालयले प्रमाणीकरणको लागि स्वदेश भित्रका शिक्षण संस्थाबाट प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धित विश्वबिदालय वा परिषद् वा बोर्डमा र विदेशी विश्वबिदालय वा शिक्षण संस्थाबाट प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र प्रचलित नेपाल कानूनद्वारा मान्यता प्राप्त विश्वबिदालय वा उच्च माध्यमिक शिक्षा परिषद् वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वा यस्तै अन्य संस्था मार्फत विदेशको सम्बन्धित विश्वबिदालय, परिषद् वा बोर्डमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रमाणीकरण भई आए पछि सोको जानकारी सम्बन्धित कर्मचारी र निजामती कितावखानालाई दिई त्यसको अभिलेख सचिवालयले अद्यावधिक गरी राख्नु पर्नेछ ।