दफा २२
शैक्षिक योग्यताको मान्यता
(१) परिषद्को सिफारिसमा मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिहरुलाई मान्यता प्रदान गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम मान्यता प्रदान गरेको विषय र त्यस्तो शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधी प्रदान गर्ने शिक्षण संस्थाको नाम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(३) शैक्षिक योग्यतालाई मान्यता दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।