नियम १०
शोयर बिक्री वा हक हस्तान्तरणको जानकारी गराउनु पर्ने
(१) ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुनै कम्पनीले विदेशी लगानीबाट नेपालमा सिर्जित सम्पत्ति, जायजेथा वा शेयर वा अन्य कुनै प्रकारको वित्तीय उपकरणको बिक्री, हक हस्तान्तरण वा अन्य कुनै प्रकारले स्वामित्व वा निहित स्वामित्वको संरचनामा परिवर्तन भएमा सम्बन्धित कम्पनीले कारोबार भएको तीस दिन भित्र विदेशी लगानी स्वीकृत गर्ने निकायमा विवरणको अभिलेखन गराउन देहाय बमोजिमका विवरण तथा कागजात सहित निवेदन दिनु पर्नेछः-
(क) कम्पनीको सम्पत्ति वा जायजेथा वा शेयर खरिद बिक्री सम्बन्धी सम्झौताको प्रतिलिपि र सो बमोजिम कारोबार गरेको देखिने प्रमाणित कागजात,
(ख) लेखापरीक्षकबाट प्रमाणित कम्पनीको प्रति शेयर मूल्य खुलेको कागजात र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
(ग) कम्पनीको शेयर खरिद बिक्री वा हक हस्तान्तरणबाट प्राप्त लगानी फिर्ता लैजाने भए सोको कार्यतालिका,
(घ) कम्पनीले प्रचलित कानून बमोजिम नेपाल सरकारलाई तिर्नु पर्ने कर दायित्व चुक्ता गरेको प्रमाण,
(ङ) नेपालस्थित त्यस्तो कम्पनीको अद्यावधिक शेयर लगत ।
(२) उपनियम (१) बमोजिमको निवेदन साथ संलग्न विवरण तथा कागजात प्राप्त भएपछि विदेशी लगानी स्वीकृत गर्ने निकायले निर्धारित ढाँचामा सोको अभिलेख राख्नु पर्नेछ।