दफा ३४
श्रब्यदृश्य संवाद वा डोर मार्फत बुझ्न सकिने
: सङ्गठित अपराधको मुद्दाका सुराकी, उजूरीकर्ता वा कुनै साक्षीलाई बुझनु परेमा अदालतले श्रब्यदृश्य संवाद वा डोर मार्फत बुझ्न वा अभियुक्तले नदेख्ने गरीे निजको बकपत्र गराउन वा निजको स्वर यान्त्रिक वा अन्य तरिकाबाट परिवर्तन वा रुपान्तरण गरी बुझन वा अदालत बाहेक अन्य कुनै स्थानमा साक्षी प्रमाण बुझ्न सक्नेछ ।