दफा १६४
श्रम अदालतले निर्णय गर्न सक्ने
(१) कसैले बाँधा श्रममा लगाएमा श्रम अदालतले त्यस्तो व्यक्तिलाई दुई वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबानावा दुवै सजाय गरी त्यस्तो व्यक्तिबाटश्रमिकको पारिश्रमिक भत्ता तथा सुविधा रसोको दोब्बर रकम हजर्ानासमेत श्रमिकलाई भराइदिनसक्नेछ।तर कसैले नेपाल बाहिर लगीबाँधा बनाएको भए त्यस्तो व्यक्तिलाई नेपाल ल्याउन लाग्ने खर्चसमेतभराउनआदेश दिनेछ ।
(२) यो ऐन वायस ऐन अन्तगर्त बनेको नियममा उल्लिखित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी प्रावधान जानाजानीवा लापरवाही गरी उल्लङ्घन गरेको कारण कसैको ज्यान गएमा वा अङ्ग भङ्ग भएमा वा कुनै कार्य गर्दा वा नगर्दा व्यवसायजन्य रोगको सङ्क्रमण भई कसैको ज्यान गएमा वा कुनै अङ्ग काम नलाग्ने वा मानिसको शारीरिक वा मानसिक अवस्थामा प्रतिकूल असर पर्न गएमा त्यस्तोकार्य गर्ने व्यक्तिलाई प्रचलित कानूनमा कुनै सजायको व्यवस्था भएकोमा साेही बमोजिम र नभएमा श्रम अदालतले दुईवर्षसम्म कैद गरीमर्का परेको व्यक्तिलाई उचित क्षतिपूर्तिसमेत भराउन सक्नेछ ।
(३) यस ऐन बमोजिम सजाय हुने कुनै कसूर कुनै संगठित संस्थाले गरेमासो संस्थालाई जरिबानागरी सो कसूरमा कैदसमेत हुने भएमा सो संस्थाकोकार्यकारी प्रमुखलाई कैद गर्नु पर्नेछ ।