दफा १८२
श्रव्य–दृश्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी परीक्षण गर्न सक्ने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अति वृद्ध अवस्था, शारीरिक अशक्तता, अस्वस्थता वानेपाल बाहिर रहे बसेको कारण कुनै साक्षी अदालतमा उपस्थित हुन नसक्ने कारण देखाई त्यस्तो साक्षीकोश्रव्य–दृश्य सम्वादको माध्यमबाट परीक्षण हुने मुद्दाको कुनै पक्षले अदालतमा निवेदन दिएमा त्यस्तोव्यहोरा अदालतलाई मनासिब लागेमा अदालतले त्यस्ता साक्षीको श्रव्यदृश्य संवादको माध्यमबाट परीक्षण गर्न आदेशदिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएमा सम्बन्धित पक्षले श्रव्य–दृश्य सम्वादबाट साक्षी परीक्षण गर्नको लागिअदालतबाट तोकिएको दिन र ठाउँमा त्यस्ता साक्षीलाई उपस्थित गराउनु पर्नेछ ।
(३) अदालतले श्रव्यदृश्य सम्वादमा उपस्थित भएको साक्षीलाई अदालतमा उपस्थित भएको साक्षी सरह मानी परीक्षण गर्नुवा गराउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम साक्षी परीक्षण गराउँदा अदालतले श्रव्य–दृश्य सम्वादबाट भएको साक्षीको बकपत्र रश्रव्यदृश्य सम्वादको व्यहोरा लेखवद्ध गरी अभिलेख गर्नु पर्नेछ ।
(५) अदालतले श्रव्यदृश्य सम्वाद मार्फत साक्षी बुझेको अभिलेखको मुचुल्का अनुसूची–१५ बमोजिम गराउनु पर्नेछ।
(६) यस दफा बमोजिम साक्षी परीक्षण गर्दा वा गराउँदा लागेको खर्च श्रव्य–दृश्य सम्वाद मार्फत साक्षीपरीक्षण गराउन निवेदन दिने पक्षले व्यहोर्नु पर्नेछ ।