नियम
श्रेणी तथा पद
(१) यो नियमावली प्रारम्भ हुँदाको वखत तत्काल कायम रहेकोराजप्रासाद सेवामा वहाल रहेका कर्मचारीहरू वहाल रहेकै श्रेणी र पदमा रहने गरी नेपाल विविध सेवाको विशेष समूहमा कायम रहेको मानिनेछ ।
(१क) यो उपनियम प्रारम्भ हुँदाका बखत राजपत्राङ्कित द्वितीय श्रेणीको सहायकसचिव वा सो सरहको पदमा बहाल रहेका कर्मचारीहरू यो नियम प्रारम्भ भए पछि राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव वा सो सरहको पदमा स्वतः कायम हुनेछन् ।
१ख) राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्दा जेष्ठता वापतको अङ्क गणना गर्ने प्रयोजनको लागि राजपत्राङ्कित द्वितीय श्रेणीको सहायक सचिव वा सो सरहको पदमा काम गरेको अवधिलाई समेत गणना गरिनेछ ।
(१ग) यो उपनियम प्रारम्भ हुँदाका बखत देहायका श्रेणी वा सो सरहको पदमा बहाल रहेका कर्मचारीहरू यो उपनियम प्रारम्भ भए पछि देहाय बमोजिमको श्रेणी र पदमा कायम भएको मानिनेछ –
(क) राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा कार्यरत कर्मचारी राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा,
(ख) राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कार्यरत कर्मचारी राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदमा,
(ग) राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको पदमा कार्यरत कर्मचारीहरू राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा,
(घ) राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा कार्यरत कर्मचारीहरू राजपत्र अनङ्कित प्रथम श्रेणीको नायव सुब्बा पदमा,
(ङ) राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कार्यरत कर्मचारीहरू राजपत्र अनङ्कित द्वितीय श्रेणीको खरिदार पदमा ।
(च) राजपत्र अनङ्कित तृतीय श्रेणी वा सो सरहको पदमा कार्यरत कर्मचारीहरू राजपत्र अनङ्कित तृतीय श्रेणीको मुखिया पदमा ।
तर यो नियम प्रारम्भ भएको मितिले साठी दिन भित्र अनुसूची ३ बमोजिमका पदनाम रहेका खण्ड (ङ) र (च) तथा हाल बहिदार वा सो सरहको पदमा कार्यरत कर्मचारीहरूले स्वेच्छाले श्रेणी विहिन पदमा कायम हुन चाहि मन्त्रालयमा निवेदन दिएमा
त्यस्ता कर्मचारीहरूलाई श्रेणी विहिन पदमा कायम गर्न सकिनेछ ।
(१घ) उपनियम (१ग) बमोजिम श्रेणीविहिन पदमा कायम हुँदा कुनै कर्मचारीले खाइपाई आएको तलवस्केल भन्दा घटी तलवस्केल हुने भएमा खाइपाई आएको तलव सुविधामा नघट्ने गरी देहाय बमोजिम तलवस्केल मिलान गरिनेछ –
(क) ऐनको दफा २४घ२ को उपदफा (१) बमोजिमको मिल्दो स्तरको तलवस्केल बमोजिम,
(ख) खण्ड (क) बमोजिम मिलान गर्दा समेत खाइपाई आएको तलव
सुविधा भन्दा घटी हुने भएमा ऐनको दफा ४ बमोजिमको मिल्दो श्रेणीको तलवस्केल बमोजिम ।
(१ङ.) उपनियम (१घ.) बमोजिम तलवस्केल मिलान भएको कर्मचारीको तलववृद्वि हुँदा तलवस्केल मिलान हुँदा कायम भएको तलवस्केलमा भएको वृद्विको हिसाबले हुनेछ ।
(१च.) उपनियम (१घ.) बमोजिम तलवस्केल मिलान भएका निवृत्त श्रेणीविहिन कर्मचारीको ऐनको दफा ३८ बमोजिम निवृत्तभरणमा वृद्वि हुँदा निजको तलवस्केल मिलान
हुँदाको बखत कायम भएको तलवस्केलमा भएको वृद्विको हिसाबले हुनेछ । (२) तर सम्वत २०६३ साल जेष्ठ ४ गतेभन्दा पछि नियुक्ति भएको व्यक्ति समूहमा कायम रहने छैन ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ भएपछि समूहमा रहने विभिनन श्रेणीका पदहरु अनुसूची–४ बमोजिम हुनेछन् ।