नियम
सँगठन संरचना र स्थायी पदको व्यवस्था
(१) ऐन वा यस नियम बमोजिम सचिवालयको सँगठन संरचनामा हेरफेर गर्दा वा स्थायी पद श्रृजना वा खारेज गर्नु पर्दा महासचिवले सचिव र सचिवालय सचिवसँग परामर्श गरी त्यसको स्पष्ट कारण तथा औचित्य समेत उल्लेख भएको विवरण तयार गरी अर्थ मन्त्रालयसँग सहमति लिई आवश्यक निर्णयका लागि समिति समक्ष पेश गर्नु पर्नेछ । तर त्यसरी सँगठनात्मक संरचनामा हेरफेर गर्दा थप आर्थिक दायित्व नपर्ने भएमा अर्थ मन्त्रालयलाई जानकारी दिनु पर्याप्त हुनेछ ।
(२) ऐन वा यस नियम बमोजिम सँगठनको स्वरूप तयार गर्ने वा सँगठन संरचनामा हेरफेर गर्ने क्रममा स्थायी पद श्रृजना वा हेरफेर गर्नु परेमा सो श्रृजना वा हेरफेर गर्न खोजिएको पदको कार्यविवरण संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम समितिले निर्णय गरेको मा निर्णय गरेको मितिले सात दिन भित्र सचिवालय सचिवले स्थायी पद श्रृजना वा खारेज वा हेरफेर गर्ने सम्बन्धी निर्णयको जानकारी निजामती किताबखानालाई दिनुु पर्नेछ । (४) निजामती किताबखानाबाट पद दर्ता भएको जानकारी पाए पछि मात्र पद पूर्ति गर्न सकिनेछ ।