दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “सङ्गठित अपराध निवारण ऐन, २०७०” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ र नेपाल बाहिर रही बसी नेपाल वा नेपाली नागरिक विरुद्ध सङ्गठित  अपराध गर्ने व्यक्तिको हकमा समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।