दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “झोरा क्षेत्रको जग्गा सम्बन्धी
ऐन, २०२८” रहेकोछ ।
(२) यो ऐन मोरङ्ग, सुनसरी र झापा जिल्लाको झोरा क्षेत्रहरुमा लागू हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको
मिति देखि तोकिदिएको झोरा क्षेत्रमा प्रारम्भ हुनेछ ।