नियम १०
संक्षिप्त सूची तयार गर्नु पर्ने
(१) नियम ७ बमोजिम मनसायपत्र पेश गर्ने अवधि
समाप्त भएको तीस दिनभित्र प्राधिकरणले प्राप्त मनसायपत्रको नियम ८ बमोजिम
मूल्याङ्कन गरी उपयुक्त देखिएका मनसायपत्र छनौट गरी सोको संक्षिप्त सूची तयार गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव मूल्याङ्कन गर्दा आवश्यक देखेमा प्राधिकरणले
सम्बन्धित विषय विज्ञको सहयोग लिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम संक्षिप्त सूची तयार भएको तीन दिनभित्र
प्राधिकरणले त्यस्तो सूचीमा परेका मनसायपत्र पेश गर्ने प्रस्तावकलाई सोको लिखित
जानकारी गराउनु पर्नेछ ।