दफा २०
संघ संस्थास“ग सम्पर्क र सम्बन्ध कायम गर्न सक्ने
(१) आयोगले संविधान, यस ऐन तथा
अन्य प्रचलित कानून बमोजिम आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्नको लागि
मानव अधिकारको संरक्षण र संवद्र्धन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूस“ग
आवश्यक सम्पर्क र सम्बन्ध राखी सहयोग आदान प्रदान गर्ने सम्झौता गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको सम्झौतामा आर्थिक विषय समावेश भएको भए
आयोगले त्यस्तो सम्झौताका सम्बन्धमा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(३) कुनै विदेशी संघ वा संस्थाले नेपालभित्र मानव अधिकारको संरक्षण र संवद्र्धन
सम्बन्धी कुनै कार्यक्रम सञ्चालन गर्न चाहेमा तोकिए बमोजिम आयोगको सहमति लिनु
पर्नेछ ।