नियम २७
संयुक्त अनुसन्धान टोली गठन सम्बन्धी व्यवस्था
विभागको प्रमुखले ऐनको दफा १५ बमोजिम अनुसन्धानका लागि अन्य निकायलाई जिम्मेवारी दिंदा वा संयुक्त अनुसन्धान टोलीको गठन गर्दा सम्बन्धित निकायस“ग देहायका विषयमा समझदारी गर्न सक्नेछः–
(क) टोलीको नेतृत्व,
(ख) संयुक्त अनुसन्धानको अनुसन्धान अधिकृत नियुक्ति, सहायक अनुसन्धान अधिकृत वा कर्मचारीको सङ्ख्या, नाम र विषेशज्ञता,
(ग) अनुसन्धानको क्षेत्र र कार्यावधि,
(घ) अनुसन्धानका लागि आवश्यक साधन र स्रोतको व्यवस्था,
(ङ) अन्य आवश्यक विषय ।